विराटनगरमा वडा अधिवेशनका क्रममा कुटाकुट, एकजना पक्राउ
१५ औं महाधिवेशनको तीब्र तयारीमा रहेको गगन थापा नेतृत्वको नेपाली कांग्रेस पालिकास्तरीय अधिवेशन अन्तर्गत विराटनगरमा दुई पक्षबीच कुटाकुट भएको छ ।
समाचार अनुसार विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा नयाँ नेतृत्वका लागि शुक्रबार दिउँसो भएको निर्वाचनमा दुई पक्षबीच कुटाकुट भएको हो । कुटाकुटपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो ।
कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ ।
वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।
यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवाहक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गर्नुभएको छ ।




प्रतिक्रिया राख्नुहोस्