विश्व समाचार

स्वदेश फर्कनु राम्रो लाग्यो : मेघन

अगस्टमा बेलायत फर्किएपछिको पहिलो सार्वजनिक कार्यक्रम भएपछि प्रतिक्रिया दिँदै बेलायतका राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले बिहीबार स्वदेश फर्किनु राम्रो लागेको बताउनुभएको छ ।

मेघनले शुभचिन्तकहरूसँगको संवादमा एक सहभागीले सोधेको प्रश्नको उत्तर दिँदै भन्नुभयो, “फर्कनु राम्रो लाग्यो।”

राजा चाल्र्स तृतीयका ४२ वर्षीय कान्छा छोरा र ४५ वर्षीया मेघनले सन् २०२० मा शाही परिवारसँगको कटु विवादपछि शाही कर्तव्य त्यागेको घोषणा गर्दै बेलायत छाडेको बताउनुभएको थियो ।

मध्य इङ्ल्यान्डको नटिङ्घम शहरमा पुग्दा न्यानो मायासहित उहाँहरूलाई स्वागत गरिएको थियो । दम्पतीले कार्यक्रमपछि सहभागी भीडसँग कुराकानी र मजाक गरे, सेल्फी खिचे, अँगालो हाले र फूलहरू स्वीकारे।

यो अर्ध–शाही भ्रमणले उनीहरूलाई बेलायतमा बस्दाको स्थितिबारे बकिङ्घम प्यालेससँग विवादमा पार्न सक्छ।

राजा चाल्र्सले गत महिना जारी पत्रमा स्पष्ट लेख्नुभएको थियो, “उनीहरूको स्थिति ‘नागरिक’ जस्तै हो, जसको परोपकारी चासो छ, सार्वजनिक व्यक्तित्व होइनन् र उनीहरूलाई ‘हिज÷हर रोयल हाइनेस’ भनेर सम्बोधन गर्नु हुँदैन।”

औपचारिक रूपमा ससेक्सका ड्युक र डचेसका रूपमा चिनिने ह्यारी र मेघनको बेलायतमा सार्वजनिक कार्यक्रममा अन्तिम उपस्थिति सन् २०२२ सेप्टेम्बरमा दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिका क्रममा भएको थियो ।

मेघनले भीडमा एक महिलाले दिएको उपहार स्वीकार्दै प्रतिक्रियामा गालामा चुम्बन गर्नुभएको थियो ।

कालो सूट र खुला घाँटी रहेको सेतो सर्ट लगाएका ह्यारीले एक सानो बच्चासँग कुरा गर्न झुक्नुभयो र भीडलाई भन्नुभयो, “सबैलाई भेट्दा ‘धेरै राम्रो’ लाग्यो।”

दम्पतीहरू बस्ने सहरमा सङ्गीत, फिल्म, खेलकुद र खाद्य गरिबीसँग जुध्दै युवा र स्थानीय समुदायलाई सहयोग गर्ने तीनवटा परोपकारी संस्थाहरू पनि आएका थिए ।

पारिवारिक विवाद

शाही परिवारका बाँकी सदस्यहरूसँग भएको ठूलो विवादपछि ह्यारी र मेघनले चाल्र्ससँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन् तर उनीहरू ह्यारीका दाइ र सिंहासनका उत्तराधिकारी राजकुमार विलियमसँग अझै टाढा छन् ।

राजा चाल्र्सले यसबीच वेल्सको भ्रमण गर्नुभएको छ, जहाँ उहाँले वेल्स संसद्लाई सम्बोधन पनि गर्नुभयएको थियो ।

वेल्समा चाल्र्स र रानी क्यामिला आउँदा राजतन्त्रविरोधी प्रदर्शनकारीहरूले ‘उहाँ हाम्रो राजा होइन’ र ‘श्रीपेच हटाउ!’ जस्ता नारा लगाएको रिपोर्टहरूमा उल्लेख छ ।

संयुक्त अधिराज्य (बेलायत) का चार क्षेत्रमध्ये एक वेल्ससँग लामो समयदेखि नजिकको सम्बन्ध राख्ने चाल्र्सलाई सिंहासनमा बस्नुअघि वेल्सका राजकुमार भनिन्थ्यो ।

ह्यारी र मेघन छ वर्षअघिदेखि क्यालिफोर्नियामा बस्दै आएका थिए तर अगस्टमा आश्चर्यजनक रूपमा दुई साना छोराछोरी आर्ची र लिलिबेटसहित बेलायत फर्किएका थिए ।

‘नागरिक’

दिवङ्गत रानी एलिजाबेथ द्वितीयले सन् २०२२ मा मृत्युअघि ह्यारी र मेघनलाई भन्नुभएको थियो, “व्यापारिक काम गर्दै शाही कर्तव्य निभाउने ‘आधा–भित्र÷आधा–बाहिर’ गर्ने विकल्प छैन ।”

राज परिवारका सबैभन्दा वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले गत महिना जारी पत्रमा भन्नुभएको थियो, “यो राम्रोसँग ज्ञात छ सन् २०२० जनवरीमा ड्युक र डचेसले सार्वभौम प्रतिनिधित्वमूलक कर्तव्यबाट अलग भए र अब शाही परिवारका काम गर्ने सदस्य होइनन्।”

‘वर्किङ रोयल’ भनेका शाही परिवारका सदस्य हुन् जसले राजाको तर्फबाट आधिकारिक कर्तव्य निभाउँछन् । उनीहरूलाई रोयल हाउसहोल्डबाट प्रशासनिक र अन्य सहयोग मिल्छ ।

हाल सात जना वरिष्ठ ‘वर्किङ रोयल’ छन् । उनीहरू राजा चाल्र्स र रानी क्यामिला; छोरा र उत्तराधिकारी राजकुमार विलियम र उनकी पत्नी क्याथरिन, वेल्सकी राजकुमारी; चाल्र्सकी बहिनी राजकुमारी एनी, भाइ एडवर्ड र उहाँकी पत्नी सोफी हुन् ।

अन्य काम गर्ने रोयलमा दिवङ्गत रानी एलिजाबेथ द्वितीयका केही अन्य आफन्तका सदस्यहरू पनि छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.