जन सरोकार
वीरगञ्जमा क्यासिनोबाट पाँचजना नेपाली पक्राउ
गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि (क्यासिनो)भित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँचजना नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सो क्यासिनोमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
बारा जिल्ला पचरौता नगरपालिका–४ का रामचन्द्र साह, प्रसौनी गाउँपालिका–३ का अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का सुवासकुमार र परवानीपुर गाउँपालिका–५ का सुनिल पटेल तथा रौतहट बौधीमाई नगरपालिका–९ का सुमेश्वरनाथ प्रसादलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
जुवा खेल्ने–खेलाउने गरेको आरोपमा पक्राउ परेकाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्