अर्थकृषि

कसैलाई धान थन्क्याउन चटारो, कसैलाई चिन्ता

बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने अनुमानका कारण त्यसको प्रभावले बुधबारदेखि मौसम प्रतिकुल बन्ने सम्भावना छ ।

यस्तो अवस्थामा धान भित्र्याउने तयारी गरिरहेका किसानहरुलाई भने ठूलै चिन्ता थपिएको छ । यस्तै चिन्तामा छन् मकवानपुरको हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ ।

“खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ की नकाटौँ”, अधिकारीले भन्नुभयो, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छुु, काटौँ की नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।”

पूर्वानुमानअनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशमा बादल लाग्ने र छिटपुट वर्षा हुन सक्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना हुने अनुमान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१० हटिया फाँटका फणिराज अधिकारीको खेतमा धान पाकेको छ । पाकेको धान काटौँ वा नकाटौँ भन्ने दुुविधामा हुुनुुहुन्छ ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले धानबालीमा क्षति पुग्न सक्ने भन्दै मङ्गलबारसम्म धान थन्काउन आग्रह गरिरहेका छन् । नेपाल मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार भोलिदेखि देशका विभिन्न भागमा मौसम प्रतिकूल हुने सम्भावना छ ।

बिहीबारदेखि मौसम प्रणालीको प्रभाव थप क्षेत्रमा फैलिने अनुमान गर्दै विभागले शुक्रबार र शनिबार यसको प्रभाव अझ बढ्न जनाएको छ ।

सम्भावित मौसमलाई दृष्टिगत गर्दै कृषकलाई धान काट्ने र भित्र्याउने काममा ढिलाइ नगर्न सुझाव दिँदै केन्द्रले मौसममा सुधार आएपछि प्राविधिकको सल्लाहअनुसार कृषि कार्य गर्न सुझाएको छ ।

केही वर्ष अघिसम्म नेपालमा मौसम पूर्वअनुमान नमिल्ने गरेको भएपनि पछिल्ला समयमा पूर्वानुमान ठ्याक्कै मिल्न थालेको कृषकहरू बताउँछन् ।

यस अघि गरिएका पूर्वअनुमान मिलेका कारण मौसमलाई ध्यान दिएर मात्रै काम गर्नुपर्छ भन्नेमा अधिकांश किसान रहेको अर्का स्थानीयवासी हरि अधिकारीले बताउनुभयो ।

हटिया फाँटमा केही वर्ष अघिसम्म पूरै फाँटमा नै धान खेती हुुने गरेको ८० वर्षीय श्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पछिल्ला वर्षमा बढ्दो बस्ती विकासले खेतीयोग्य जमिनहरू घडेरीमा परिणत हुुँदै गएको उहाँले बताउनुभयो ।

“पहिले यो क्षेत्रको अधिकांश क्षेत्रमा धान खेत मात्रै थियो”, उहाँले भन्नुभयो, “केही वर्ष यता विशेष गरी बाटो आसपासका क्षेत्र घरहरूले भरिन थालेका छन् । वर्षेनी खेतीयोग्य जमिनहरू बस्तीमा परिणत भइरहेका छन् ।”

यस क्षेत्रमा बहुुबाली खेती हुन्छ । धानपछि तोरी वा आलु त्यसपछि मकैजस्ता बाली लगाइने भएका कारण वर्षैभरि केहीनकेही खेती हुुने गरेको बताउनुभयो ।

पछिल्ला समयमा स्थानीय युवाहरू रोजगारीका लागि विदेश जान थालेपछि भने जनशक्तिको अभाव हुने गरेको उहाँको अनुुभव छ । धान भित्र्याउनका लागि तराईमा विभिन्न क्षेत्रबाट १०० भन्दा बढी मजदुर हटिया क्षेत्रमा रहेको उहाँले बताउनुुभयो ।

मौसम पूर्वअनुमानका कारण धान काटेकालाई भित्र्याउन हतारो भएको बताउँदै उहाँले नकाटेको धान भने काट्नका लागि डराउनुपर्ने अवस्था रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.