अर्थ
दुई हजार तीन सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु दुई हजार ३०० र चाँदी रु ७० बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला छापावाल सुन रु दुई लाख ७४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ७२० कायम भएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७२ हजार र असली चाँदी रु तीन हजार ६५० मा कारोबार भएको थियो । अघिल्लो दिन सुन आठ हजार ३ सय रुपैयाँले घटेको थियो ।




प्रतिक्रिया राख्नुहोस्