क्रिकेटखेल

एनपिएल : लुम्बिनीले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेन्जर्सविरुद्धको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् ।

प्रतियोगितामा लुम्बिनी र पोखराको यो तेस्रो खेल हो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले आज पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएको छ । यता लुम्बिनी दुई खेलमा एक जित र एक हारसहित दुई अंक जोड्दै अंक तालिकाको चौथों स्थानमा छ भने समान खेलमा अंकविहिन पोखरा तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.