क्रिकेटखेल

एनपिएलमा विराटनगरको रोमाञ्चक जित, जनकपुर दुई रनले पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) प्रतियोगितामा विराटनगर किङ्सले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको दिनको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि दुई रनको रोमाञ्चक जित निकाल्दै विराटनगरले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले ४५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५६, आन्द्रे रसेलले २९ बलमा ४५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ५२ र लोकेश बमले ४० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै शुभम रञ्जानेले ५ बलमा ७ रनमा अविजित रहे ।

जनकपुरका लागि अभिषेक तिवारीले दुई विकेट लिए भने मोइन अलीको भागमा एक विकेट रह्यो । विराटनगरले दिएको १७५ रनको लक्ष्य लिएर मैदान उत्रेको जनकपुर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रनमात्र बनाउन सक्यो ।

जनकपुरको लागि सिफ हसनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ७१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै विशाल शुस्लिंगले ३० बलमा २ चौका र ३ छक्काको सहयोगमा ४३ रन बनाए भने जिमी निशमले २७ रन जोड्दा मोइल अलीले १० रन बनाए ।

विरत्नागर्को लागि आन्द्रे रसेलले चार विकेट लिए भने एञ्जेलो म्याथ्युजले दुई विकेट लिँदा रुपेश सिंहको भागमा एक विकेट रह्यो । जितसंगै विराटनगर चार खेलमा चार अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा चार अंक नै जोडेको जनकपुर रनरेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.