अर्थ

छ सयले बढ्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । बुधबार सुनको प्रतितोला रु ६०० ले बढ्दा चाँदीको मूल्य भने रु २० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ६५५ कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.