राजनीति

इजरायल नेपालको सदैव हित चाहन्छ : राजदूत बास

नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताउनुभएको छ ।

बुधबार सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्नुभयो ।

उहाँले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताउँदै दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.