राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्सले काठमान्डु गोर्खाज सामू जितको लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेइयो । विराटनगरको लागि रुपेश सिंहले २७ रन बनाए भने एञ्जेलो म्याथ्युजले २२ रन जोडे ।
त्यस्तै बसिर अहमदले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । काठमान्डुको लागि सन्तोष यादवले तीन विकेट लिए भने सहान अराच्चिगेले र जहानदाद खानले समान दुइ-दुई विकेट लिँदा, करण केसी, शाहद आलम र देव शाहको भागमा समान एक-एक विकेट रह्यो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर चार खेलमा चार अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । आज काठमान्डुलाई हराउँदै विराटनगर दोस्रो स्थान नै कायम राख्ने योजनामा छ ।
यता काठमान्डु पनि विराटनगरलाई हराउँदै अंक तालिका सुधार गर्ने योजनामा रहेको छ । दुई खेलबाट एक खेलमा जित तथा एक खेलमा हार सहित ४ अङ्क जोेडेको काठमान्डु तालिकाको सातौं स्थानमा रहेको छ । यसअघि बिहीबारै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जोनक्पुर बोल्ट्सलाई १६ रनले पराजित गर्यो ।




प्रतिक्रिया राख्नुहोस्