क्रिकेटखेल

एनपिएलमा कर्णालीले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्सले टस जिति पहिला बलिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । टस हारेसँगै सुदुरपश्चिमले पहिला ब्याटिङ गर्नेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली तीन खेलमा चार अङ्क जोड्दै तेस्रो स्थानमा रहेको छ । आज सुदूरपश्चिमलाई हराउँदै कर्णाली दोस्रो स्थानमा उक्लिने योजनामा छ । यता सुदूरपश्चिम पनि कर्णालीलाई पराजित गर्ने सुरमा रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.