जन सरोकार

सामाजिक सुरक्षा भत्ता हिनामिना प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरूसहित पाँच जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ चौधरी, लिखु गाउँपालिकाको ९ नम्बर वडाका वडाध्यक्ष शुकवीर तामाङ र पालिकाको एमआइएस अपरेटर खिला विकविरुद्ध मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिृकत दर्जीविरुद्ध रु नौ लाख ५३ हजार ६००, गुप्ताविरुद्ध रु ११ लाख ६७ हजार २००, चौधरीविरुद्ध रु सात लाख ९४ हजार ४००, वडाध्यक्ष तामाङ र जिआइएस अपरेटर विकविरुद्ध जनही रु ३१ लाख ६७ हजार २०० र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम कैद सजायसमेत माग गरेको छ ।

निजहरुले विभिन्न आर्थिक वर्षमा मृत्यु भइसकेका लाभग्राहीको लगत कट्टा नगरी भत्ता वितरण गरेको देखाइ रु ३१ लाख ६७ हजार २०० हिनामिना गरेको पुष्टि भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.