जन सरोकार

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ ।

आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ ।

उहाँले भन्नुभयो, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.