भाषा/साहित्य

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आइतबार विशेष कविगोष्ठी आयोजना गरेको छ ।

कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर सिंह, शङ्कर भारती, सोझो गाउँले, प्रकाश तिवारी, प्रकाश घायल, माधव बिडारी, चेतन पथ, जीत कार्की, रामेश्वर केसी, तुलसीराम पुडासैनी, रविन्द्र आशिष, एचके धिताल, नरबहादुर बुढाथोकी, डा शान्तिमाया गिरी, सुमन थापा, तारा सुवेदी, रुपा रिसाल, शोभा अधिकारी, श्यामबहादुर भावुक, बासुदेव गुरागाईं, नवराज तिवारी, अरुण नदी, श्याम संकल्प र बिसुकुमार केसीलगायत कविहरूले गीत, गजल, कविता तथा मुक्तक वाचन गर्नुभएको थियो ।

कार्यक्रममा महाकवि देवाकोटाको विराट् प्रतिभा र योगदानको चर्चा गरिएको थियो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.