जन सरोकार

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५:०० बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो ।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.