जन सरोकार

विपद्मा परेकालाई सघाउन एक करोडको आपत्कालीन अक्षयकोष स्थापना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले रु एक करोडको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा रु ७० लाख सङ्कलन भएको छ ।

बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीले विपद् र दुर्घटनामा परेकालाई सघाउन कोष स्थापना गरिएको बताउनुभयो । “दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी र विपद्बाट प्रभावितलाई सघाउन कोष स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “हालसम्म रु ७० लाख सङ्कलन भएको कोषमा रु एक करोड पुर्याएर मूलधन नमासिने र ब्याज परिचालन गरिनेछ ।”

साविक बेग गाविसको तिप्ल्याङ, बादुक, बेगखोला, सिम, बेगटोलको जनसङ्ख्या एक हजार छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.