अर्थ

बाह्र हजार छ सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घट्दा चाँदीको मूल्य भने प्रतितोला रु १५५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७१ हजार ७०० र चाँदीको मूल्य रु तीन हजार ७०० कायम छ ।

गत कात्तिक २३ गते छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ८५५ थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.