जन सरोकार
छठका अवसरमा सोमबार सार्वजनिक बिदा
सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको हो । यसअघि छठका दिन कात्तिक २९ गते आइतबार सार्वजनिक घोषणा भइसकेको थियो ।
छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई ब्रत समापन गर्ने परम्परा रही आएकाले छठको भोलिपल्ट सोमबारका दिन पनि सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिनुभयो ।(रासस)





प्रतिक्रिया राख्नुहोस्