राजनीति

छठले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गर्छ : अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्नुभएको छ ।

छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले प्रकृतिका स्रोतप्रति सम्मान र जीवनप्रति सकारात्मक आस्था अभिव्यक्त गर्ने छठले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक सहिष्णुताको सन्देश प्रवाह गरेको बताउनुभएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दा कृतज्ञताको भावना प्रगाढ हुने र उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशा र ऊर्जाको सञ्चार हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.