राजनीति

लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनुभएको छ ।

छठ पर्व मनाउन जनकपुरधाम आउनुभएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनुभएको हो ।

उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उहाँहरु ढाकी बोकी छठघाट पुग्नुभएको थियो । उहाँहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए ।

यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.