राजनीति

मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँद्वारा मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले राससलाई जानकारी दिनुभयो ।

यसै प्रकरणमा सीआईबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ छन् ।

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनसम्बन्धी प्रकरणमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । यसअघि पनि यस प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परेका छन् । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.