क्रिकेटखेलबिशेष

जर्ज मन्सेको शतकीय पारीमा लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिमले जित्यो एनपिएल-३ को उपाधि

जर्ज मन्सेको शतकीय पारीमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले आफ्न्नो पोल्टामा पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो । लुम्बिनीको लागि दिलिप नाथले ३१ बलमा ३ छक्का प्रहार गर्दै ३९ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले ३१ बलमा २ चौकको मद्दतमा ३० रन जोडे ।

त्यस्तै अलि शेखले १२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोड्दा निरोशन डिकवालाले १७ बलमा १ चौका र २ छक्काको सहयोगमा २८ रडार्सी सर्टले २१ रन बनाए । सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र थारिन्दु रत्नायकेको भागमा समान एक-एक विकेट रह्यो l लुम्बिनीले दिएको १५६ रनको लक्ष्य लिएर मैदान उत्रेको सुदूरपश्चिमले १३ दशमलव ३ ओभरमा विना विकेट पूरा गर्यो ।

सुदूरपश्चिम रोयल्सका लागि जर्ज मन्सेले ५४ बलमा ८ चौका र १२ छक्का प्रहर्दई गर्दै अविजित रहँदै १२५ रनको शतकीय पारी खेले भने विनोद भण्डारीले २७ बलमा ३ चौकको मद्दतमा ३० रन बनाए ।

गत संस्करणको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक भने लुम्बिनीलाई पराजित गर्दै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको छ ।

यस संस्करणमा यी दुई टोलीबीच यो तेस्रो प्रतिस्पर्धा थियो । लिग चरणको पहिलो भेटमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.