जल/वातावरण

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बदली रहने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने छ ।

बिहीबार बिहान उपत्यका र खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । अहिले पनि ती भेगका केही स्थानमा हुस्सु लागेको छ । (रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.