जन सरोकार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

तीन जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङको सिद्धलेक गाउँपालिका–३ का २८ वर्षीय विज्ञान इटनी, दैलेखको नारायण नगरपालिका–९ का ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका–२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा पक्राउ परेका हुन् ।

निजहरूमध्ये विज्ञानले दु्ई जनाबाट रु १० लाख ९५ हजार, पुष्पराजले एक जनाबाट रु पाँच लाख ३० हजार, रोशनले दुई जनाबाट रु दुई लाख ५० हजार र लीलाबहादुरले दुई जनाबाट रु पाँच लाख ५० हजार लिइ सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।(रासस)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.