जापान

आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन

नेपाल आदिवासी जनजाति महासंघ जापान चिवा क्षेत्रिय समिति संयोजकमा अमृत लामा चयन भएका छन । नेपाल आदिवासी जनजाति महासंघ जापानका नवनियुक्त अध्यक्ष संजीव राईको प्रमुख आथित्यमा भएको भेलाले लामाको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

भेलाले समितिको उपसंयोजकमा एजिन राई, सचिवमा विजय गुरुङ र कोषाध्यक्षमा बिक्रम श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा पासाङ शेर्पा, रोजेस नापित, राजु लामा, विक्रम लामा, गुरुप्रसाद रानामगर र कुश लामा चयन भएका छन । समितिको सल्लाहकारमा हर्षचन्द्र गुरुङ चयन भएका छन ।

गैरआवासीय नेपाली संघ एनआरएनए चिवाका संयोजक विश्व सुबेदी, नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला समेतको उपस्थित रहेको कार्यक्रम सजिना मोक्तानले संचालन गर्नु भएको थियो। चयन भएका पदाधिकारीहरूलाई प्रमुख अथिति अध्यक्ष संजीव राईले पद तथा गोपनियताको सपथ गराउनुका साथै शुभकामना व्यक्त गर्नु भएको थियो ।

यस्तै अतिथि एनआरएनए चिवा संयोजक सुवेदी र पत्रकार कोइराला लगायतले चयन भएका पदाधिकारीहरूले सकृय भएर काम गर्न सुझाव दिदै बधाई ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.