जापान

गल्कोट समाज जापानले पायो याम खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति

गल्कोट समाज जापानको छैठौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले याम खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत सेप्टेम्बर २९ मा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा कालिका थापा र उपाध्यक्षहरुमा रामु चालिसे रतनसिंह बस्नेत, रामु अधिकारी, सुमित खत्री र विपीन कँडेललाई चयन गरेको छ ।

त्यसै गरी महासचिवमा नविन निउरे, सचिवमा लक्ष्मण कार्की र पवी अधिकारी भण्डारी, लेखा संयोजकमा तेजबहादर चालिसे र सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, शिवु थापा तथा कोषाध्यक्षमा डिलाराम गैरे र सहकोषाध्यक्षमा दिलबहादुर थापा (रामु) र अम्मर भण्डारीलाई चयन गरिएको छ ।

त्यसै गरी सदस्यहरुमा चेतराम गैरे, मिलन बस्नेत, डिलाराम निउरे, थमबहादुर क्षेत्री, दिलीप कँडेल, राम बस्नेत, जीवन गैरे, यामबहादुर खत्री, रोहन खत्री, बुद्ध बस्नेत, ध्रुर्व गैरे, झमु छन्त्याल, गौरीश्वर सापकोटा, अमित केसी, मिनराज केसी र रुद्र मल्ल चयन भएका छन् ।

अधिवेशनले युवराज गौतमलाई युवा संयोजक, चन्द्रा अधिकारी केसीलाई महिला संयोजक तथा लोकेश खत्रीलाई खेलकूद तथा संस्कृति संयोजक र महेन्द्र साहानीलाई उपसंयोजकमा चयन गरेको छ ।

त्यसै गरी भवानी पन्त, किरन केसी, दीपक केसी, विजय भण्डारी, भोजेन्द्र सुवेदी र धनबहदुर खत्रीलाई सल्लाहकारमा चयन गरेको छ ।

नयाँ कार्यसमिति चयनका लागि समाजले मोहन खत्रीको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिमा नरबहादुर थापा, हर्क थापा, कृष्ण गौचन, आत्मराम गैरे, गोविन्द केसी, टंक गैरे र पदम मल्ल सदस्य रहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.