जापान

जापानको केन्द्रीय बैंकले घोषणा गर्‍यो अतिरिक्त आर्थिक प्याकेज

कारोना भाइरसको संक्रमणका कारण मुलुकको अर्थव्यवस्थामा आउने समस्यालाई मध्यनजर गर्दै जापानको केन्द्रीय बैंक बैंक अफ जापानले अर्थव्यवस्थाको प्रोत्साहित गर्न र व्यावसायिक कम्पनीहरुलाई सहायता गर्ने उद्देश्यले एक प्याकेजको घोषणा गरेको छ ।

सोमबार बसेको बैंकको नीति निर्माताहरुको नियमित बैठकले प्याकेजको घोषणा गर्दै अब सरकारी ऋणपत्र खरीदका लागि कुनै सीमा राखेको छैन भने यसअघि निर्धारण गरिएको कुल गार्हस्थ उत्पादनमा पनि संशोधन गरेको छ ।

बैंकले ऋणपत्र खरीदको सीमा नराखेपछि महामारीबाट संघर्ष गरिरहेका कम्पनीहरुको आर्थिक स्थिति कायम राख्न मद्दत गर्ने विश्वास लिएको छ । त्यस्तै अन्य पत्रहरु सेप्टेम्बरको अन्त्यसम्म एक खर्ब येन अर्थात् ८५ अर्ब डलरसम्म बढाउने भएको छ ।

बैंकले कुल गार्हस्त उत्पादनमा व्यापक कटौती हुने देखेपछि अर्थव्यवस्थालाई सामान्य स्थितिमा राख्न यस्तो प्रयास गरेको हो । बैंकले कुल गार्हस्थ उत्पादन ऋणातमक हुने प्रक्षेपण समेत गरेको छ । उसका यसअघिको ०.९ प्रतिशतको वृद्धिदरको आँकला अब ३ देखि ५ प्रतिशतसम्म ऋणत्मक हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.