उत्तर कोरियाद्वारा अपहरित जापानी नागरिकका आफन्तद्वारा अतिरिक्त सहयोगको माग
उत्तर कोरियाद्वारा अपहरित जापानी नागरिकका आफन्तले संयुक्त राष्ट्रसंघ समक्ष आफ्ना परिवारका सदस्यको रिहाईका साथै अतिरिक्त सहयोगको माग गरेका छन् ।
बुधबार जापान भ्रमणमा आउनुभएकी राष्टसंघका लागि अमेरिकी राजदूत ग्रिनफिल्ट थमसले टोकियोमा प्रधानमन्त्री कार्यालयमा अपहरितका परिवारजनसंगको भेटघाटमा सो माग गरिएको हो ।
भेटका क्रममा राजदूत थमसले पीडित परिवारको दुःख आफूले बुझेको बताउँदै अमेरिकी सरकारले यो मुद्दालाई निरन्तर उठाइरहने र अपहरितहरुको रिहाईका लागि प्रयास गर्ने बताउनुभयो ।
छलफलमा अपहरित मेगुमी योकोताका कान्छो भाइ तथा अपहरित परिवारका समूहका प्रमुख ताकुता योकोतासंगै उहाँकी आमा साकिए तथा अन्य सहभागी रहेका थिए ।
सन् १९७७ मा १३ वर्षको उमेरमा उत्तर कोरियाले अपहरण गरेका मेगुमीका कान्छा भाइ तथा समूहका नेता ताकुताले मानवअधिकार हनन्को यो क्रम आधा शताब्दीदेखि जारी रहेको जनाउँदै यसमा तीब्र कारबाही जरुरी रहेको बताउनुभयो ।




प्रतिक्रिया राख्नुहोस्