जापान

जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु

जापानमा सवारी दूर्घटनामा परि मंगलबर बिहान एक नेपाली युवतीको मृत्यु भएको छ । मंगलबार बिहान करिव ७:३० बजेतिर काममा जानेक्रममा मोटरसाइकलमा सवार अन्दाजी २७/२८ वर्षीय नेपाली युवतीको दूर्घटनामा परी मृत्यु भएको हो ।

गुन्मा राज्यको ओइजुमी गार्उमा तीब्रगतिमा आएको ट्रकले युवी सवार मोटरसाइकललाई अकस्मात ठक्कर दिएको थियो । दूर्घटनामा परि घाइते भएकी उनलाई तातेवयासीस्थित अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए ।

परिवारसंगै रहदै आएकी मृतक युवती करिव चार वर्षयता जापान आएको बुझिएको छ । घटनावारे थप अनुसन्धान भैरहेको जापान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.