जापान

जापानव्यापी खुल्ला कविता प्रतियोगिता हुँदै

गैरआवासीय नेपाली संघ (एनआरएन) जापान कान्साइ क्षेत्रीय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजनाको घोषणा गर्दै कविता आव्हान गरेको छ । जापानमा रहेर कविता लेखनमा सक्रिय श्रेष्टाहरुलाई आउँदो मार्च १ देखि २८ सम्म nrnkansaipoetry2021@gmail.com मा कविता पठाउन आव्हान गरिएको छ ।

प्राप्त कविताहरु मध्येबाट उत्कृष्ट तीनजना कविलाई जनही ५० हजार येन, ३० येन र २० हजार येन नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले जानकारी गराउनु भयो ।

कार्यक्रम संयोजक तथा एनआरएन जापानको सल्लाहाकार समेत रहनु भएका नरेन्द्र बस्नेत (दिनेश)ले ओशाकामा अन्तर्राष्ट्रिय स्तरको वृहत साहित्यिक कार्यक्रम गर्ने योजना रहेको भए तापनि कोरोना संक्रमणका कारण जापानब्यापी कविता प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।

कविता बढीमा २०० शब्दसम्मको हुनु पर्नेछ भने जापानमा स्थाययी वा अस्थायी बसोबास गरेका श्रष्टाहरू मात्र सहभागी हुन पाउने छन् भने राष्ट्रव्यापी प्रतियोगितामा विजयी भएकाहरुले भाग लिन पाउन छैनन् । कविता पठाउँदा आफ्नो फोन नम्बर र ठेगाना पनि पठाउनु हुन अनुरोध गरिएको छ ।

उत्कृष्ट १० मा छनोट भएका कविताहरुलाई अप्रिल ४ तारिक अनलाइन मार्फत वाचन गराइनेछ । प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय साहित्य समाज, अन्तर्राष्ट्रिय साहित्य समाज जापानको आवश्यक परामर्श र सहयोग रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.