जल/वातावरण

नेपालले किनेको १० लाख कोभिशिल्ड खोप आइपुग्यो

कोरोना बिरुद्ध आम जनतालाई खोप लगाउने उद्देश्य अनुरुप पहिलो चरणमा भारतबाट किनिएको १० लाख खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले विकास गरेको खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

यसअघि १० लाख खोप भारत सरकारले अनुदानमा दिएको थियो । सरकारले २० लाख खोप खरीद गर्ने लक्ष्य लिएको छ । त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.