कर्पोरेट/पर्यटन

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्याराग्लाइडिङ दुर्घटनामा परी पोखरामा सोमबार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोटबाट उडान भरेको फिष्टेल कम्पनीको प्याराग्लाइडिङ अवतरणको क्रममा दुर्घटना हुँदा पाइलट ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका पोखरा–२८ घर भई हाल लेकसाइड बस्ने पाइलट नेपालीको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनामा घाइते प्याराग्लाइडिङमा सवार काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ का २८ वर्षीया शिला श्रेष्ठको अवस्था गम्भीर रहेको छ । फेवाताल किनारस्थित क्याम्प चोकमा अवतरण गर्ने स्थानभन्दा करीब एक दशमलव दुई किलोमिटर टाढा प्याराग्लाइडिङ दर्घटनामा परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.