जल/वातावरण

एउटा बाघको मृत्युले कति क्षति पुग्दछ वातावरणमा …

नारायण गोपालको स्वर र चाँदनी शाहको रचनाको एउटा कालजयी गीत छ एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा । यसको ब्याख्या जति गरे पनि हुन्छ । यो गीतको भाव जस्तै आज विश्वमा एउटा बाघको अभावले कति फरक पर्दछ पृथ्वीमा भन्ने चर्चा दशकौंदेखि चलिरहेको छ । विश्वमाा लगभग ४ हजार जति बाटे बाघ रहेका छन् ।

इको सिष्टममा बाघ सर्वाधिक महत्वपूर्ण भएकाले यसको संरक्षणमा विश्वव्यापी अभियान चलिरहेको छ र नेपाल विश्वमा बाघ संरक्षण गर्ने थोरै मुलुकमा पर्दछ । तर यही मुलुकमा शनिबार विहान राजमार्गमा एउटा बाघ गाडीको ठक्करले मरेपछि यसको चर्चा बढेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जका शनिवार बिहान हेटौँडा पथलैया सडक खण्डमा एउटा झन्डै १० वर्षको पोथी बाघको कारको ठक्करबाट मृत्यु भएको हो । बयस्क बाघको मृत्युले निकै ठूलो क्षति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादव बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “बाघको प्रजनन प्रक्रिया जटिल हुन्छ र आज मृत्यु भएको बाघ बच्चा जन्माउन सक्ने पूर्ण वयस्क उमेरको भएकाले यो ठूलो क्षति हो ।”

विश्वमा दुर्लभ मांसाहारी स्तनधानी प्राणीमध्येको पाटेबाघको सङ्ख्या नेपालमा सन् २०१८ गरिएको पछिल्लो गणनामा २ सय ३५ पाइएको थियो । जसमध्ये पर्सा निकुञ्जमा १८ वटा पाइएका थिए ।

पर्साको पूर्वी भेग पछिल्लो समय प्रजननयोग्य उमेरका बाघको नयाँ वासस्थान क्षेत्रको रूपमा विकास भइरहेको पाइएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार भाले बाघले आहाराको सम्भावनाबीच नयाँनयाँ ठाउँमा आफ्नो वासस्थान पहिचान गर्ने गर्छ । र पोथीलाई त्यहाँ आकर्षित गर्ने एवम् पोथीले समेत बच्चा जन्माउन र हुर्काउन सुरक्षित महसुस गरेमा त्यहाँ स्थायी बसोबासको क्रम सुरु हुन्छ ।

बाघ विज्ञ डा झमकबहादुर कार्कीका अनुसार लामो समय लाग्ने प्रक्रिया भएकाले अब भाले अर्को पोथी खोजेर बच्चा जन्माउने काम निकै ढिलो हुनसक्छ । बच्चा हुर्काउँदै गरेको पोथी भए समेत त्यसको असर ठूलो हुन्छ ।

पृथ्वीमा रहेका थुप्रै प्रजातिका पशुपक्षीहरुको आआफ्नै महत्व रहने भए पनि बाघको विशेष महत्व छ । पृथ्वीको पारिस्थितिक प्रणाली (इको सिस्टम) संचालन, जैविक विविधताको संरक्षण लगायत अन्य थुप्रै कार्य मा योगदान दिई बाताबरण सन्तुलन राख्न मद्दत गरिरहेका छन ।

अहिले मानव अतिक्रमणका कारण बाघ लगायत विश्वबाट धेरै वन्यजन्तु लोप हुने क्रम बढेकाले यसको संरक्षणमा विशेष अभियान नै चलाइएको हो । एउटा वयस्क र प्रजनन समय भएको पोथी बाघको मृत्युले त्यसैकारण धेरै क्षति पुगेको मान्छन् संरक्षणविद्हरु

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.