राजनीति

१६ सिटका लागि ५० जनाको नाम सिफारिश- उम्मेदवार छान्न नेकपा बैठक

माघ ९ गने हुने राष्ट्रियसभामा रिक्त १९ मध्ये १८ सिटका लागि उम्मेदवार चयन गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बिहीबार राति नटुंगिएको बैठक शुक्रबार बिहान पुनः सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

बिहीबारको बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्भावित उम्मेदवारको सूची बैठकमा पेस गरे लगत्तै अन्य नेताहरूले आआफ्ना सूची पेस गर्दा ४० देखि ५० जनाको नाम छलफलमा रहेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ । सबै क्षेत्रमा जित निश्चित देखिएको नेकपाभित्र उम्मेदवार बन्न र बनाउन दौडधुप चलेको छ । राष्ट्रपतिबाट मनोनित हुने एक पदमा सरकारले पछि सिफारिस गर्नेछ ।

प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको नेकपाले १६ पदमा उम्मेदवारी दिनेछ । राजपाले २ सिटमा उम्मेदवार पाउनेछ ।

सम्बन्धित खबर

Back to top button