अर्थ

दुई किलो सुन सहित दुईजना भारतीय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन १ किलो ६ ग्राम सहित २ जना भारतीय नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू राहदानी नम्बर आर ५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद कासिफ र राहदानी नम्बर जे८६१९१८३ वाहक ४० वर्षीय मोहम्मद मुसर्फिन रहेका छन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौ आएका प्ब्क्ज्क्ष्ँ लाई भन्सार छलि लुकाइछिपाई ल्याएको अर्धठोस सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका कासिफलाई अर्धठोस सुन २ सय ६८ ग्रामसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यूएईबाट आएका उनीहरुले सो सुन तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी ल्याइएको र लुकाएको सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको थियो ।

यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए ।

बरामद उक्त सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.