राजनीति

परशुरामको बाबुको पालामा जस्तो “मरेको आमा ब्यूँताई पाउँ भनेर हुन्छ”?

प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नेहरुको अभीष्ट पूरा नहुने र वैशाखमा घोषित मध्यावधि चुनाव नरोकिने दाबी गर्नुभएको छ । सर्वोच्च अदालतमा संसद विघटनबिरुद्ध परेको निवेदनमाथि टिप्पणी गर्दै उहाँले ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र भन्ने प्रश्न गर्दै संसद कुनै हालतमा पुनःस्थापना नहुने बताउनुभयो ।

आइतबार आफ्नो समूह नेकपा निकट विद्यार्थीहरुको भेलालाई सम्बोधन नेकपा अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले कुनै हालतमा संसद पुनर्स्थापना नहुने दाबी गर्दै संसद पुनर्स्थापनाको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतमा फिराद पत्र दर्ता गराएर आएको समेत बताउनुभयो ।

उहाँले प्रश्न गर्दै भन्नुभयो ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ? संविधान र कानूनले मिल्दैन । विघटित संसद बौरिँदैन । संसद विघटन भयो भयो, नयाँ चुनाव हुन्छ हुन्छ ।’

कतिपय व्यक्ति तथा शक्तिले चुनाव हुँदैन भनेर भ्रम फिजाउन खोजेको दाबी गर्दै प्रधानमन्त्री ओलीले यस चुनावलाई टाल्न, पर सार्न वा अलमल्याउन कसैले नसक्ने र त्यस्ता भ्रममा नपर्न र चुनाव वैशाख १७ र २७ गते हुन्छ भन्नुभयो ।

आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पार्टी फुटाउन खुमलटारमा २८० वटा बैठक बसेको र त्यसबाहिर अरू ३५ वटा बैठक बसेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘पार्टी फुटाउन खुमलटारमा २८० बैठक बसेका रहेछन् । नेतृत्व खुइल्याउन, प्रधानमन्त्रीलाई खुइल्याउन, अरू ३५ बैठक बाहिर बसेको रहेछ ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.