जन सरोकार

निर्मला पन्त हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ ।

जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमको क्षेत्रीय अपराध अनुसन्धान समूह (आरआईटी) र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले निर्मलाको बलात्कार तथा हत्या भएपछि कञ्चनपुरबाट एक जना भारतीय नागरिक हराइरहेका र तिनलाई लामो समयदेखि खोजी गरिरहेको बताउँदै उनैलाई सोधपुछका लागि ल्याइएको बताएको छ ।

एक प्रहरी अधिकृतका अनुसार पन्त प्रकरणमा नयाँ शिराबाट अनुसन्धान गर्दा हालसम्म खुलेका शंकास्पदमध्ये ‘भेरिफाइ’ गर्न बाँकी रहेकालाई सोधपुछ गर्ने क्रममा उनलाई नेपाल ल्याइएको र नेपाल आउने वित्तिकै डीएनए परीक्षणका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदी अहिलेको नियमित प्रक्रिया अनुसार नै अनुसन्धान भइरहेको बताउँदै घटना सुल्झिने खालको कुनै पनि सबूत प्रमाण फेला नपरेको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.