जन सरोकार

रोल्पाको थवाङमा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो । सूचना अधिकारी सुनिलका अनुसार जिप सडकबाट ८०० मिटर तल भिरमा खसेको हो ।

पानी परिरहेकाले अहिले उद्धारमासमेत समस्या भएको छ । प्रहरीका अनुसार अहिले उद्धार कार्य जारी छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.