जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

चितवन, रोल्पा र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रोल्पा, सुनछहरी गाउँपालिका-६ फगाम धुम्सीस्थित सडकमा रूइनिवाङबाट फगामतर्फ जाँदै गरेको लु.१ ज ४८८९ नम्बरको बोलेरो गाडी बिहीबार राति दुर्घटना हुँदा बोलेरोमा सवार सोही ठाउँ बस्ने ५७ वर्षीया गौरा रोका मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोका सहचालकको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै सप्तरी, सुरूङगा नगरपालिका-३ लक्ष्मीपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर नेपालको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार चालक र सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.