जन सरोकार

प्रहरीले पक्राउ गर्‍यो ठूलो परिमाणमा गाँजासहित भारतीय र नेपाली तस्कर

मकवानपुरमा ३२ किलो लागू औषध गाँजा र कारसहित तीनजना पक्राउ परेका छन् । प्रहरी देखेपछि भागेका उनीहरुलाई २ राउण्ड हवाई फायर गरी कार र कारमा सवार मानिसलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कार चालक भारत मोतिहारी पूर्वी चम्पारणका ३७ वर्षीय दिलिपकुमार सिंह, कारमा सवार मोतिहारीकै १८ वर्षीय उज्जलकुमार ठाकुर, रौतहट यमुनामाई ४ का २४ वर्षीय विकाश सिंह रहेको मकवानपुर प्रहरीले बताएको छ ।

उनीहरुलाई हेटौडा उपमहानगरपालिका १५ रातोमाटे र चुरियामाई बीच जंगल स्थित पूर्व पश्चिम लोकमार्गको सडक खण्डमा समातिएको प्रहरीले जानकारी दियो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहत ईलाका प्रहरी कार्यालय पशुपतिनगरले गाडी चेक गर्न रोकेका थिए । प्रहरी निरीक्षक अरुणकुमार कुशवहाको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको डीएल ३ सीए क्यु नम्बरको कार नरोकेपछि हवाइ फाएर गर्न परेको प्रहरीको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ चेकजाँच गर्न खोज्दा कार नरोकी भागेको थियो, पछ्याँउदै जाने क्रममा अन्दाजी ३ किमी अगाडि हाइवेमा कार रोकी कारमा सवार मानिसहरु भाग्ने क्रममा नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.