राजनीति

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका १४ उम्मेदवार- राजपाले घोषणा गर्‍यो प्रदेश २ मा उम्मेदवार

कांग्रेस

कांग्रेस

माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले १४ जना उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

रिक्त १९ सिटमध्ये १८ सिटका लागि हुने निर्वाचनका लागि कांग्रेसले १४ उम्मेदवारको नाम टुंग्याएको हो । कांग्रेसले प्रदेश ६ का २ उम्मेदवार साँझसम्म टुंग्याउने प्रवक्ता शर्माले बता बताउँदै बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

नेपाली कांग्रेसका उम्मेदवारहरु
प्रदेश नं. १

१. निरबहादुर विश्वकर्मा (पाँचथर) दलित

२. मिना पुलामी मगर (सुनसरी) महिला

३. राजेन्द्र घिमिरे (झापा) अन्य

प्रदेश नं. २

१. नगिना यादव (महोत्तरी) महिला

२. भोला पन्जियार (धनुषा) अल्पसंख्यक÷अपाङ्गता

प्रदेश नं. ३

१. हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य

२. छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला

प्रदेश नं. ४

१. सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य

२. विमला गौचन (म्याग्दी) महिला

प्रदेश नं. ५

१. बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य

२. गिरिजा न्यौपाने (दाङ) महिला

३. मेराज हलवाई (बाँके) अल्पसंख्यक्अपाङ्गता

प्रदेश नं. ७

१. प्रताप ठगुन्ना (बैतडी) अन्य

२. तुलसी देवकोटा (कैलाली) महिला

यसै गरी राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले दिएको जानकारी अनुसार शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवलाई अन्य समूहबाट र शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको हो ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ sf ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.