जन सरोकार

पक्राउ परेका एक सय २२ चिनियाँ लिन आइपुग्यो विमान

नेपालमा अवैध रुपमा बसेर चीनमा साइबर अपराध गरेको अभियोगमा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकलाई चीन फर्काउन शुरु गरिएको छ । राजधानीका विभिन्न भागबाट पक्राउ परेका उनीहरुलाई फिर्ता लान एउटा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सकेको छ ।

महानगरीय प्रहरी प्रभागले दिएको जानकारी अनुसार विभिन्न प्रहरी प्रभागमा थुनामा रहेका चिनियाँलाई विमान स्थल लाने क्रम शुरु भएको छ । पक्राउ परेका चिनियाँलाई फिर्ता गर्न ट्राभल डकुमेन्ट सोमबार नै नेपालस्थित चिनियाँ दूतावासले अध्यागमन विभागलाई उपलब्ध गराएको थियो ।

पक्राउ परेका १२२ जना मध्ये २६ जनासँग मात्र पास्पोर्ट रहेको र बाँकी ९६ जनासँग भने पासपोर्ट नै नभएका कारण ट्राभल डकुमेन्ट बनाएर वैधानिक रुपमै फकाउन लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.