विश्व समाचार

इरानी हमलापछि तेलको मूल्यवृद्धि- विश्वव्यापी शेयरको मूल्य भने घट्यो

इरानले आफ्ना सैनिक कमाण्डरको हत्याको बदला लिन भन्दै इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा शिविरमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि कच्चा तेलको मूल्यमा वृद्धि भएको छ । एशियाली कारोबारको मध्यमा ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा १.४ प्रतिशतले वृद्धि भइ प्रति ब्यारेल ६९.२१ डलर पुगेको छ।

त्यस्तै सुन तथा जापानी मुद्रा येन जस्ता सुरक्षित लगानी मानिने बस्तुको मूल्य पनि हमलाको समाचारपछि बढेको छ । त्यस्तै मध्यपूर्वमा द्वन्द्व चर्कने चिन्ता बढिरहँदा विश्वव्यापी शेयर मूल्यमा पनि कमी आएएको छ। जापानको बेञ्चमार्क निक्केई २२५ स्टकको सूचकांक १.३प्रतिशतले घटेको छ भने हंगकंगमा हांगसेंग ०.८ प्रतिशतले खस्केको छ ।

गत शुक्रवार अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीको मंगलवार अन्तिम संस्कार सम्पन्न भएको केही घण्टापछि नै ती आक्रमणहरू गरिएका हुन् । उनको मृत्युपछि नै अमेरिका र इरानबीचको द्वन्द्व थप खराब अवस्थामा पुग्नसक्ने भनी चिन्ता व्यक्त भएका थिए ।

त्यस्तो द्वन्द्व बढेमा संसारको सबैभन्दा व्यस्त मानिने होर्मुजको समुद्री मार्गमा जहाजबाट गरिने परिवहन प्रणालीमा अवरोध पुग्न सक्नेछ । खाडीलाई अरब सागरसँग जोड्ने उक्त जलमार्ग भएर संसारको तेल आपूर्तिको पाँच भाग मध्ये एक भाग ओसारपसार हुने गर्दछ ।

खाडी क्षेत्रमा रहेका प्रमुख तेल निर्यातकर्ताहरूकालागि होर्मुजको जलमार्ग निकै महत्त्वपूर्ण रहेको छ । साउदी अरब, इराक, यूएई र कुवेत जस्ता तेल निर्यातकर्ताहरूको अर्थतन्त्र नै तेल र खनिज ग्यास उत्पादनमा निर्भर रहेको छ । आफ्नो तेल निर्यातकालागि इरानपनि यसै जलमार्गमा निर्भर छ । संसारमा सबैभन्दा धेरै तरलीकृत प्राकृतिक ग्यास, एलएनजी, उत्पादक कतारले लगभग सबैजसो ग्यासको निर्यात यहि जलमार्गबाट गर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.