प्रबास
अमेरिकामा नेपाली व्यवसायी लामिछानेको गोली हानी हत्या
संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या भएको छ । तनहुँ, दमौली घर भइ करिब नाै वर्षदेखि कोरोराडोमा बस्दै आउनुभएका भेषराज लामिछानेको गोली हानी हत्या गरिएको हो ।
एक कन्भिनियन्स स्टोरका मालिक रहनभएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा निकै पर शुक्रवार अर्कै राज्यमा समाएको थियो ।
सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ ।
सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी आउँदा लामिछानेको मृत्यु भइसकेको थियो ।




प्रतिक्रिया राख्नुहोस्