जन सरोकार

आपसी झै-झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु

‍‍‍‍‍‍‍‍‍‍‍‍‍आँपको रूखको हाङ्गा काट्ने विषयमा आफ्नै भाइसँग झगडा भई कुटपिट हुँदा घाइते भएका धनगढीमाई नगरपालिका-११ सोनापुर बस्ने ७८ वर्षीय हेम प्रसाद यादबको मंगलबार बिहान मृत्यु भएको छ ।

उनकै भाइ ७० वर्षीय गंगा प्रसाद यादब र गंगा प्रसादको छोरा ३२ वर्षीय जिबछ यादबसँग विवाद भई झै-झगडा हुँदा गम्भीर घाइते भएका हेम प्रसादको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार गंगा प्रसाद र जिबछको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.