अर्थ

छ महिनामा दुई सय ७७ किमी सडक कालोपत्र

सडक विभागले साउनदेखि २७७ किलोमिटर सडक कालोपत्र गरेको छ । यो अवधिमा २८८ किमी सडक खण्डस्मित(ग्राभेल) र ५८ किमी नयाँ सडकको ट्र्याक खोलिएको विभागले जनाएको छ ।

चालू आवमा अहिलेसम्म सबैभन्दा बढी सडक कालोपत्र हुलाकी राजमार्गमा भएको विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । हुलाकी राजमार्ग आयोजनाका अनुसार सो सडकमा ५० किमी सडक कालोपत्र भएको छ भने २५ किमी ग्राभेल भएको छ । मध्यपाहाडी लोकमार्गमा २० दशमलव ५ किमी सडक कालोपत्र र ६९ किमी ग्राभेल सम्पन्न भएको छ । सो सडकमा दुई वटा सडक पुल सम्पन्न भएको विभागले जनाएको छ ।

मदन भण्डारी राजमार्ग आयोजनामा १९ किमी सडक कालोपत्र, १५ किमी ग्रोभल र एउटा पुल सम्पन्न भएको छ । काडमाडौँका विस्तारका क्रममा रहेका आठ किमी सडक कालोपत्र भएको र व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत सात किमी कालोपत्र भएको छ ।

विभागले सडकको नियमित र पटके मर्मतसमेत गरिरहेको अहिलेसम्म ६४ किमी सडक अद्यावधिकमर्मत सम्पन्न भएको प्रवक्ता सापकोटाले बताउनुभयो । अहिलेसम्म ४५ पुल सम्पन्न भइसकेको छ । अघिल्ला वर्षमै निर्माण शुरु भएका पुल अहिले आएर सम्पन्न भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वर्षभरमा तीन सय पुल सम्पन्न गर्ने लक्ष्य रहेको छ ।”

गत आवमा विभागले ९८८ किमी सडक कालोपत्र गरेको थियो । गतवर्ष नै नेपाल सरकारको अधिकार क्षेत्रमा पर्ने एक हजार ३६३ किमी सडक ग्राभेल र ४४० किमी ट्र्याक खोलिएको थियो । गत वर्ष नै २४३ पुल सम्पन्न भएका थिए भने २३० किमी सडक आवधिक मर्मत भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.