अर्थ
११ हजार ७०० ले घट्यो सुनचाँदीको मूल्य
दशैंको अन्तिम दिन नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य रु ११ हजार ७०० र चाँदीको मूल्य रु २३० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम भएको छ ।
गत कात्तिक २ गते छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार १८५ कायम भएकोे थियो । दशैं पर्वको कारणले करिब एक साता स्थानीय बजारमा सुनचाँदीको मूल्य निर्धारण गरिएको थिएन ।




प्रतिक्रिया राख्नुहोस्