अन्ततः प्रधानमन्त्री आबेको मध्यपूर्व भ्रमण आरम्भ भो
इरान र अमेरिकाबीचच चर्कदो तनावकाबीच मध्यस्थता तथा आफ्ना व्यापारिक जहाजहरुको सुरक्षाको प्रत्याभूतिका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मध्यपूर्वको पाँच दिने भ्रमण सुरू गर्नुभएकोे छ । प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्किनुहुनेछ ।
मध्यपूर्वका तीन प्रमुख मुलुकको भ्रमणका क्रममा उहाँले अमेरिका र इरानबीच बढेको तनाब मत्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने बताइएको छ । यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ । भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने छ ।
भ्रमणको आरम्भ गर्दै प्रधानमन्त्री आवेले भन्नुभयो, “जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु ।”
भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ)का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ । अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ ।
प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्नुहुने अनुमान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्