जन सरोकार

गुण्डा पक्राउ गर्ने क्रममा बौद्धमा गोली चल्यो

काठमाडौंको बौद्धमा गुण्डा विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा गोली चलेको छ । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा प्रहरीले गोली चलाइएको र लामा घाइते भएका छन् ।

विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको टोलीले तामाङलाई भेटेपछि उनी भाग्न खोज्दा घुँडामुनि गोली हानिएको प्रहरीको भनाइ छ । गोली लागेर घाइते उनलाई वीर हस्पिटल पठाइएको छ ।

worldondemand
mirai-life

प्रहरीका अनुसार लामामाथि २०७३ सालमा सिन्धुपाल्चोकमा भएको विवादका क्रममा एक महिनाले पिठ्यूँमा बोकेको १७ महिने बालिकाको हत्या गरेको अभियोगका साथै २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ ।

सम्बन्धित खबर

Back to top button