राशिफल

आजको राशिफल – २०८२ पुस २९ गते मंगलबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। आफन्तहरूको साथले आशा जगाउनेछ। प्रयत्न गर्दा दिगाे काम थालनी हुन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर बन्न सक्छ। विश्राम र आहारविहारमा अलि ध्यान पुर्याउनुहोला।

आजको राशिफल

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। रकम, श्रम र समय लागे पनि काम गर्न सकिनेछ। प्रयत्न गर्दा दिगो काम हातलागी हुनेछ। साँझतिर व्यापारमा फाइदा हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। प्रियजनसँग रमाइलाे भेटघाट हुन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :
काममा केही अलमल हुन सक्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। पढाइलेखाइमा त्यति अभिरूचि नजाग्न सक्छ। परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ। प्रतिस्पर्धीहरूबाट पनि अलि जाेगिएर काम लिनुपर्ने समय छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापारमा फाइदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :
अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। अरूकाे विश्वास गर्दा काम बिग्रनेछ। परिणाम अध्ययन नगरी लिइएकाे निर्णयले समस्या पर्न सक्छ। सानाे त्रुटिले समस्या निम्त्याउनेछ, हाेसियारपूर्वक काममा जुट्नुहाेला। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ, खानपानमा अलि सजग रहनुहाेला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने समय छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। साथीभाइकाे सहयाेग पाइनेछ। अवसरले पनि उत्साह जगाउनेछ। साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :
मुख्य काम र अध्ययनमा त्यति समय दिन नसकिएला। प्रतिस्पर्धीहरूले वादविवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मिहिनेतले केही नयाँ काम गर्ने अवसर भने दिलाउन सक्छ। तर आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ, सजग रहनुहोला। साँझदेखि स्थिति अनुकूल बन्नेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन्। काममा पनि जाेश–जाँगर बढ्नेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :
अवसर आए पनि कामले पछि परिने समय छ। अरूका काम र भेटघाटमा अलमलिनुपर्ला। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्, अलि सजग रहनुहोला। अवसरवादीहरूले आफ्ना कमजाेरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। साँझतिर विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ। किनमेलमा अधिक खर्च हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :
पछिका लागि केही वस्तु त्याग्नुपर्ला। खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। तत्काल लाभ उठाउँदा पछि हुने फाइदा घट्न सक्छ। तापनि कर्जाकाे रकम जुट्न सक्छ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले काममा पनि उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिन सक्छ। खर्च लागे पनि यात्राकाे साइत जुर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :
प्रतिष्ठित काम गर्ने समय छ। मिहिनेतले अवसर पनि दिलाउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। साँझतिर व्यापारमा राम्रै फाइदा हुनेछ। तर महत्त्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :
आँटले काम लिन नसक्दा केही पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। सामाजिक कामकाे दायित्व बढ्नेछ। व्यवसाय र नियमित कामबाट लाभ मिल्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल रहला। आम्दानी रोकिनाले केही योजना पनि स्थगन हुन सक्छन्। काम बिग्रने भयले पनि सताउनेछ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्न सक्छ। साँझदेखि स्थितिमा सुधार आए पनि साेचेकाे उपलब्धि नहुन सक्छ। अध्ययनमा पनि पछि परिनेछ।

(नेपाली पात्रो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.